तेमाल । जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ स्थायी निवासी हिरालल मोक्तान एक हप्तादेखि बेपत्ता भएका छन् ।
पारिवारिक स्रोत अनुसार चैत्र १२ गते राती घरबाट निस्केर हिंडेपछि बेपत्ता मोक्तान घर फर्केर आएका छैनन् । ६५ वर्षिय मोक्तानको खोजी कार्य जारी रहेता पनि आजसम्म फेला परेका छैनन् ।
स्थानीय अजय लामाका अनुसार मोक्तानको गाउँमै खोजी कार्य जारी रहेको छ । बेपत्ता भएको उनलाई फेला पारेमा मोवाईल नम्बर ९८५१०३३८५१ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















