मानव सहायता केन्द्रले तेमालका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै

तेमाल । काभ्रे जिल्ला, तेमाल गाउँपालिकामा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरिने भएको छ । आगामी चैत्र २५ गते मानव सहायता केन्द्रले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न लागेको हो ।

तेमालमा रहेको २८ वटा विद्यालयका गरिब, जेहेन्दर र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न लागेको केन्द्रका अध्यक्ष दुधराज तामाङले तेमाल अनलाईनलाई जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार तेमालका ८ माविका ३२ जना, ११ आधारभूत विद्यालयका ३५ जना र प्राथमिक विद्यालयका १८ गरि ८५ जना विद्यार्थीलाई सो शैक्षिक सामग्री वितरण गरिनेछ ।

नारायणस्थान माविमा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्व) रहेको आजयोजकले बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।