काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाले वातावरण र अपाङ्गमैत्री ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ निर्माणको शिल्यान्यास सम्पन्न भएको छ । ट्रेलको शिल्यान्यास धुलिखेल नगर प्रमुख अशोकु कुमार ब्याञ्जुले एक कार्यक्रमका बीच गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले ट्रेल निर्माण पछि पर्यटकहरुको आगमनसँगै बसाई लम्ब्याउन सहयोग पु¥याउने बताए । ‘ब्यक्तिको शारिरिक स्वस्थता, सबै खालका ब्यक्तिहरुका लागि सहजता हुनेछ’–नगर प्रमुख ब्याञ्जुले भने–‘पर्यटकिय नगरी बनाउने उदेश्यले धुलिखेल नगरपालिकाले लगानी सम्मेलनमा समेटिएको ड्रिम ल्याण्ड आयोजना, फोहोर मैला ब्यवस्थापन र मेदासिटी अस्पतालसँगै पार्क नै पार्कहरु भएको स्वस्थ र सफा शहरको परिकल्पना गरेको छ ।’
प्रर्दुषण युक्त शहर बनाउँदै बालमैत्री, वातावरणमैत्री, पर्यटकमैत्री नगर निर्माणको चरणमा आफूहरु रहेको बताउँदै ब्याञ्जुले पर्यटनसँगै रोजगारका लागि पहिलो चरणमा एक सय ब्यक्तिलाई भोकेसनल तालिम प्रदान गरेको बताए । ‘म्यु्जियम, डकुमेन्ट्री र जिंगल, पुस्कतहरु प्रकाशन, एप्स, नक्सहरुको डिजाईन, फ्रिवाईफाई, सिसि क्यामेरा जडान, होटलहरुमा गुणस्तरीय खाद्य सामाग्रीको प्रयोग, नीजि क्षेत्रसँगको सहकार्यमा गुफा, झरना, ताल लगायतका संरचना निर्माण गरिनेछ ।’ नगर प्रमुख ब्याञ्जुले भने ।
ट्रेल निर्माणका लागि नेपाली सेनाको विष्णु दल गण धुलिखेलले ऐतिहासिक एकिकरण पदमार्ग जोडिन धुलिखेलको हमालगाउँ देखि चौकोटसम्म पुग्ने इको ट्रेलका लागि सहयोग गर्नेछ भने अमेरिकाको आईडिआई संस्था तथा धुलिखेलका विभिन्न संघ संस्थाहरुले सहयोग गर्नेछन् ।
धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण कार्य शुरु भएको छ । धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण हुनेछ ।






















