तेमाल । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले तोमलमा तामाङ साँस्कृतिक पर्यटनको सम्भावना रहेको बताएका छन् ।
मंगलबार तेमाल गाउँपालिका वडा नं. ७, चापाखोरीमा रहेको राधाकृष्ण माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘साँस्कृतिक पर्यटनको सम्भावना तेमालमा छ । तेमाल तामाङ संस्कृतिको निम्ति केन्द्र बन्न सक्छ ।‘ उनले भने, ‘मुलुक भित्र १ सय वटा पर्यटन क्षेत्र घोषणा गरेकोमा तोङ्सुम कुन्डालाई पनि राखेका छौं । विश्वका मान्छे आउँदा नेपालको १ सय पर्यटन क्षेत्र हेर्न चाहेमा तोमसुम कुण्डामा नआई हुँदैन।’
ह्रीन्जेन दोर्जे राजाको दरबार क्षेत्र व्यक्तिको नाममा रहेकोमा मन्त्री बाँस्कोटाले दुःख व्यक्त गरे । ‘ह्रीन्जेन दोर्जेको दरवर अर्कैको नाममा भएको सुनेको छु ।’ गाउँपालिका अध्यक्षलाई इंगित गर्दै भने, ‘सत्य के हो अध्यक्ष ज्यु ?’ साँँस्कृतिक पर्यटन विकासको लागि तामाङ साँस्कृतिक संग्राहलय बनाउने योजना बनाएको बताउँदै उनले यो काममा साथ दिन तेमालबासीलाई अनुरोध समेत गरे ।

अर्को वर्ष तेमालको बाटो पिच हुने
मन्त्री बाँस्कोटाले तेमालको बाटो अर्को बर्ष पिच हुने बताए । बोहरेदोभान देखि नेपालथोक र भकुण्डे देखि मेच्छेसम्मको रो पिच हुने बताएका ाहुन् । संघीय सरकारले टोलै पिच्छेको सडक निर्माण गर्न नसक्ने पनि स्पष्ट पारे ।
तेमाल बुद्धचित्त गार्डेन
कृषि क्षेत्रको विकासको लागि मन्त्री बाँस्कोटाले तेमालमा बुद्धचित्त गार्डेन बनाउनुपर्नेमा जोड दिए । ‘तामाङ साँस्कृतिक पर्यटनको विकास पछि कृषि विकास अन्तर्गत बुद्धचित्र गार्डेन तेमालमा बनाउनुपर्छ ।’ उनले भने ।
जमिन बाँझो राख्नेलाई पनि अब कार्वाही गर्ने कानुन ल्याउन लागेको मन्त्री बाँस्कोटाले खुलासा गर्दै बाँझो राखे पाँच गुणा तिरो तिर्नुपर्ने बताए ।

टावर जलाउनेको पछि नलाग्नुहोस्
एक अर्को प्रसंगमा मन्त्री बाँस्कोटाले क्रान्तिको नाममा टावर जलाउनेहरुको पछि नलाग्न सबैलाई अनुरोध समेत गरे । ‘क्रान्तिका नाममा टावर जलाउनेहरु पनि छन् । त्यता नलाग्नुहोस है ।’ उनले भने, ‘तिन्को नाम नेकपा रे । सक्कली नेकपा त हामी हौ । नक्कलिको पछि नलाग्नुहोस् ।’
अंग्रेजी मोह च्याग्नुहोस्
नेपालको शिक्षा क्षेत्रमा अंग्रेजी मोह बढेकोमा उनले चिन्ता व्यक्त गरे ।
‘भाषाले मात्र हुन्न मुख्यकुरा ज्ञान हो । अंग्रेजी मोह त्याग्नुहोस ।’ उनले भने, ‘अंग्रेजी पढ्दैमा हुन्न ।’ बढी पैसा तिरेरमात्र आफ्नो सन्तान ज्ञानी नहुने बताउँदै उनले कुन घाँस कसरी ख्वाउने, कस्तो घाँस ख्वाउने जान्नका लागि घाँस काट्ने पनि पढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज), नविना लामा, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, गाउँपालिका अध्यक्ष सलामसिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, सबै वडाका वडा अध्यक्षहरु र अभिभावहरुको सहभागीता रहेका थिए ।






















