ललितपुरको मध्यमार्गी मोटरबाटो उद्घाटन, स्थानीय खुशी

श्याम ङेसुर तामाङ
ललितपुर । ललितपुर जिल्ला क्षेत्र न.१ प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले मध्यमार्गी मोटरबाटोको निरिक्षणपश्चात् रिबन काटेर मंगलबार, महाङकाल गाउँपालिका वडा न.१ बुखेल केपलडाँडामा समुदघाटन गरेका छन् ।

समुदघाटन पछि सांसद सिलवालले मध्यमार्गी मोटरबाटोको ट्र्याक खुलेपछि एक, दुई घण्टामा नै शहर र गाउँको दुरि जोडेको बताउँदै यस भेगका जनताको आर्थिक अवस्था मजबुत हुने बताए । मध्यमार्गी मोटरबाटोको सन्चालनले स्थानिय जनताको जिबिका उपार्जन गर्न थप बल मिल्नेमा उनले विस्वास व्यक्त गरे ।

स्थानिय मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष पुरुषोतम तिमल्सिनाको सभाअध्यक्षतामा सम्पन्न समारोहमा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य एबम पुर्ब सांसद शुशिला नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य हरि दहाल, प्रदेश सदस्य मधुसुदन पौडेल, जिल्ला संयोजक हरिकृष्ण ब्यन्जनकार, नेताहरु प्रभाकर थापा, हरिकृष्ण थापा, पुरुषोतम हुमागाई, कृष्णप्रसाद सापकोटा, रमेशचन्द्र घिमिरे, प्रेस चौतारीका प्रतिनिधि अमृतनाथ तिमल्सिना, स्थानिय बासिन्दाको व्यापक सहभागिता रहेका थिए ।

महाङकाल गाउँ पालिकाका अध्यक्ष रामचन्द्र दहाल, उपाध्यक्ष कमला तामाङ, महाङकाल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डे, महाङकाल गापा वडा नं. १, २, ३, ४ का वडा अध्यक्षहरु क्रमश खोमप्रसाद गौतम, सन्चमान स्याङतान तामाङ, गङगाराम तिमल्सिना, शान्त गौतम र कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामा, कोन्ज्योसोम गापा वडा नं. १ र २ वडाका वडाअध्यक्ष क्रमशः सन्तलाल ग्याबा तामाङ र ध्रुबप्रसाद घिमिरे लगायतका वडा सदस्यहरुको सहभागिता रहेको थियो।

ललितपुरको नल्लु, देउराली, ठोस्नेखोला हुँदै बुखेल उन्युचौर, केपलडाँडा हुँदै कतुवनबेशी मानिखेलसम्मको मध्यमार्गी मोटरबाटो निर्माणको ट्र्याक खोल्न सांसद विकास कोषबाट रु.२५ लाख र महाङकाल गाउँपालिकाबाट रु.१० लाख बजेट बिनियोजित गरेको गाउँ पालिका अध्यक्ष दहालले बताए ।

वैकल्पिक मध्यमार्गी मोटरबाटोको सन्चालनले यस भेगका जनतामा शुखी देखेको छ ।स्थानिय, प्रदेश र सङ्घिय सरकारले मध्यमार्गी मोटरबाटोलाई सिधै टिकाभैरब हुँदै नक्खुखोला छिचोली अझ सहज बाताबरण बनाउनु पर्ने यस भेगका बासिन्दाहरुको माग रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।