श्रद्धेय धर्म गुरु खेन्पो तेन्डु ग्याल्छो रेन्पोछे ज्यू

बौद्ध, प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको अयोजनमा डोल्मा ह्युल्दोगको बारे धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ ।

ङग्युर काथोग स्हि छेन बैरोलिङ गोन्पा तिनचुलीका श्रद्धेय धर्म गुरु खेन्पो तेन्डु ग्याल्छो रेन्पोछे ज्यूको मुखरा विन्दबाट (२१ तारा देवी) डोल्मा ह्युल्दोगको बारे धार्मिक प्रवचन र आचार्य थुप्तेन देलेक तामाङबाट नेपालीमा अनुवाद हुनेभएको छ ।

कार्यक्रम बारे सुचना

कार्यक्रम सस्थाको कार्यालय बौद्ध स्थित तामाङ भवनमा चैत २३ गते शनिबार हुन लागिएको हो । प्रवचन कार्यक्रम दिनको १२ः०० बजे देखि खेन् रेन्पोछेको मुखरा विन्दबाट हुन लागिएको हो । नेपालीमा अनुवाद भने आर्चाय थुप्तेन देलेक घिसिङ तामाङबाट हुनेभएको छ ।

उक्त कार्यक्रममा अयोजकले सबैमा उपस्थित हुनुभई धर्म श्रवण गरिदिनुहुन आस्थावान श्रद्धालु भक्तजनहरुमा हार्दिक निमण्त्रणा समेत गरेका छन् ।

Comments

comments