सुसन सापकोटा विज्ञान

 चौरी देउराली- काभ्रे जिल्लाको चौरीदेउराली गाउँ  पालिकामा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरुको गोष्ठीमा अबको एक वर्षभित्र गाउँपालिकाभरिका प्रत्येक घरघरमा स्वच्छ खानेपानीको सेवा पुर्याउने विषयमा अन्तर्कृया सम्पन्न भएको छ ।

चौरीदेउराली गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा वाटरएड नेपाल, एकीकृत शहरी विकास केन्द्र, कारितास नेपाल, आर्सो नेपाल, टिडिएच, धुलिखेल अस्पताल,डिसिडब्लुसी अस्पताल लगाएतको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिकाको अहिलेको पहिलो प्राथमिकताको क्षेत्र खानेपानी भएकोले संघसस्थाहरुले खानेपानीको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले ०७५/०७६ को नीति तथा कार्यक्रम मा नै  २ वर्षभित्र एक घर एक धारा पुर्याउने घोषणा गरिसकेकाले यश अभियानमा प्राविधिक तथा आर्थिक सहयोग गर्न अनुरोध गर्नुभयो ।

एक फरक प्रसङमा बोल्नुहुदै अध्यक्षले एनजीओहरु बढी सुबिधामुखी र शहर केन्द्रित भएको दुर्गम इलाकामा प्राय काम गर्न मन नभएको गुनासो गर्नुभयो । अन्तर्कृया कार्यक्रम सहभागी सबै संघसस्थाका प्रतिनिधिहरुले गाउँपालिकाको प्राथमिकताका आधारमा आगामी वर्षहरुको कार्यक्रम तय गर्ने बताए ।

अन्तर्कृया कार्यक्रमले अबको तीन महिन्नाभित्र गाउँपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छताको गुरुयोजना निर्माण गर्नका लागि पालिका अध्यक्ष दिननाथ गौतमको सयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ  र अब एक वर्षभित्र एकघर एक धारा पुर्याउने लागि पर्ने अठोट समेत व्यक्त गरेको छ ।


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।