काभ्रे । जिल्लाको पनौति नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तारामान लामा विद्युत चोरीमा संलाग्न भएको खुलासा भएको छ ।

नेपाल विद्युत प्राधिकरण, बनेपा शाखाको टोलीले आज (विहिबार) त्यसतर्फ विद्युत चुहावट निरिक्षण गर्ने क्रममा वडा अध्यक्ष लामा विद्युत चोरीमा संलाग्न रहेको खुलासा भएको हो ।

वडा अध्यक्ष लामाले भूकम्प पछि मिटर नराखीकनै विद्युत उपयोग गरिरहेको नेपाल विद्युत प्राधिकरण, काभ्रेका इन्जीनियर नरेश मानन्धरले तेमाल अनलाईनलाई बताएका छन् । ‘वडा अध्यक्षको घरमा पनि निरिक्षण गरौ जनताको माग आयो ।’ इन्जीनियर मानन्धरले भनेल, ‘उहाँले भुकम्प पछि मिटर वक्स नै नराखीकन चलाएको पाईएको छ ।’
वडा अध्यक्ष लामाको घरबाट फ्रीज, हिटर र बत्तीहरु लगायतका सामग्रीहरु बरामत गरिएको उनले बताए ।

कार्वाहीको सवालमा मुल्यांकन पछि मात्र यकिन हुने इन्जीनियर मानन्धरले बताए । ‘पहिला त मुल्यांकन हुन्छ ।’ उनले भने, ‘१ वर्षको जति क्षति भएको रकम निस्किन्छ त्यहीं अनुसार शतप्रतिशत विको असुल उपर गराउँछौं ।’

वडा अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका व्यक्ति पनि विद्युत चोरीमा संलाग्न भएकोमा स्थानीय समेत अचम्मित भएका छन् ।

गाउँमा विद्यूत चुहावट भएको गोप्य सुचनाको आधारमा प्राविधिकरणको टोली वडा नम्बर ११ मा पुगेको थियो । निर्वाचित वडा अध्यक्ष लामा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।