भक्तपुर । सामाजिक काममा अग्रणी भूमिका खेल्दै आएको बज्रशक्ति एकता समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवनदान बज्रशक्ति एकता समाजको अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ४८ जना ले रक्तदान गरेको संस्थाका अध्यक्ष वीरबहादुर लामाले बताए ।
कार्यक्रमको उद्घाटन पूर्व ऊर्जा राज्य मन्त्री सूर्यमान दोङले गरेको थिए ।

रक्तदाताहरूलाई प्रमुख अतिथि दोङले प्रमाणपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा निक भुजीकिक हाउजिङ प्रा.लि., जगदम्बा बचत तथा ऋण सहकारी संस्था लि., भ्वाँसा बचत तथा ऋण सहकारी संस्था लि. र अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.लाई समेत सम्मान गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















