हावाहुरीबाट घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन

श्याम ङेसुर तामाङ
ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा न.१ कोटडाडाकी २७ वर्षिय रजनी लामा, काठमाडौको बिजुलीबजारमा रहेको चक्रवती हवी एजुकेसन एकेडेमी, कलेज अफ ल को स्नातक तह तेश्रो वर्षमा कानुन सङकायमा अध्ययनरत छात्रा हुन् ।

केही दिन अघि बारा र पर्सामा आएको हुरि बतासका कारण तीन दर्जन भन्दा बढीको मृत्यु र ४ सय भन्दा बढी नेपाली नागरिकहरु ३ मिनेटको सेरोफेरोमा घाईते भएको घटनाले कलेजमा पढ्ने यी छात्रा रजनी मात्र नभै आम नेपालीहरुलाई पीडाबोध गराएको छ ।

यसैलाई आधार मानेर आइतबार रजनी लामाले आफू अध्ययनरत कलेजको साथिहरु सबै जना मिलेर शोकमा डुबेका र घाईते भएका बारा र पर्साका हुरि बतासमा ज्यान गुमाएका ती परिवार र घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै चक्रवती हवि एजुकेसन एकेडेमीको प्राङ्गण, बिजुली बजारमा मैनबत्ती बालेर शोकाकुल परिवारजनमा समबेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनी लगायत कलेजमा अध्ययनरत छात्रा, छात्रहरुले मैन बत्ती बालेर कामना गरेका छन् ।

‘आफ्नो सामाजिक सन्जाल फेसबुकको प्रोफाईल फोटोमा निमुखाको आवाज सुनिनु पर्छ’ भन्ने स्टाटसलाई आधार मानेर यत्तिखेर चक्रवती हवी एजुकेसन एकेडेमी कलेज अफ ल मा कानुन सङकायमा अध्ययनरत यी छात्रा रजनी लागि परेकी छिन् ।

आफू र आफुसँगै कलेजमा अध्ययनरत छात्रा ,छात्र र केही सहयोगी हातहरुको साथमा बारा, पर्साका हावा, हुरि बतासबाट पिडित जनताहरुको पिडालाई केही हदसम्म भएपनी राहत दिलाउन केही आर्थिक सहयोग,लत्ता कपडा जुटाएको र सोमबार साझ माईतीघर मण्डलामा साझ ५ बजे हावा, हुरिबतासले निधन भएका नागरिकहरुको आत्माले मोक्क्ष प्राप्त गरून् र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मैन बत्ती बाली शान्तिको कामना गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुसङ्ग सामाजिक अभियन्ता एबम कानुन सङकायका विद्यार्थी रजनी लामाले अनुरोध गरेकी छिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।