डोल्मा ह्युल्दोग (२१ तारा देवी) पुजा कार्यक्रम तालिका

बौद्ध, तामाङ भवनमा (२१ तारा देवी) डोल्मा ह्युल्दोग पुजा कार्यक्रम हुने भएको छ ।

विश्व शान्ति तथा समस्त जगत प्राणीहरुको कल्याण, हितको निमित्त र हामी मानवमा आईपर्ने रोगब्याधी तथा बिघ्न बाधा, अड्चनहरुबाट मुक्ति हुने, सोचेको कार्य पुरा हुने, साथै ब्यापार ब्यवसाय राम्रो हुने भएको हुँदा श्रद्धेय धर्म गुरु खेन्पो तेन्डु ग्याल्छो रेन्पोछे र सस्थाका प्रमुख लामा  श्रद्धेय धर्म गुरु ङक्पा पेमा ह्रङ्डोल लगाएत अन्य लामा गुरुहरुको सम–उपस्थितमा डोल्मा ह्युल्दोग पुजा हुन लागेको हो ।

प्राचीन अनुवाद एकमातु गु्रर संघ, नेपालको आयोजनको आयोजनमा चैत २७ र २८ गते संघको कार्यलय बौद्ध स्थित तामाङ भवनमा हुनेभएको छ । उक्त कार्यक्रममा उपस्थित हुनुभई धर्म श्रवण गरिदिनुहुन आस्थावान श्रद्धालु भक्तजनहरुमा अयोजकले हार्दिक निमण्त्रणा समेत गरेका छन् ।

चैत २३ गते शनिबार श्रद्धेय धर्म गुरु खेन्पो तेन्डु ग्याल्छो रेन्पोछे ज्युबाट (२१ तारा देवी) डोल्मा ह्युल्दोगको बारे धार्मिक प्रवचन र नेपालीमा अनुवाद भने आर्चाय थुप्तेन देलेक तामाङले गरेका थिए ।

श्रद्धेय धर्म गुरु खेन्पो तेन्डु ग्याल्छो रेन्पोछेको मुदरा विन्दबाट धार्मिक प्रवचन भिडियो क्लिक गरि सुन्नुहोस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।