काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह)का मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर ग्लान (ज्वाला) लाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीका नारायणी ब्युरो सदस्य समेत रहेका ज्वाला सहित २ जना पक्राउ गरेको हो । उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनबाट प्रहरीले बिहीबार राति गिरफ्तार गरेको बुझिएको छ ।
उनीहरुलाई प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेको अवस्थामा पक्राउ गरिएको हो ।
ज्वालाको पक्राउ प्रति नेकपाका नारायणी ब्युरो इन्चार्ज मिलनले एक विज्ञप्ति जारी गर्दै अविलम्ब रिहाई गर्न सरकारलाई चेतावनी दिएका छन् । आफ्ना जिल्ला नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेकोप्रति आपत्ति जनाउदै गिरफ्तार परेका नेता ज्वालासहित कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















