श्याम ङेसुर तामाङ
ललितपुर । नेपाली सेना भन्ने बित्तिक्कै ब्यारेकमा मात्र सिमित भन्ने भ्रमलाई ललितपुरको लेलेमा रहेको भैरव गणले भने यो भ्रमलाई चिरेको छ । गोदावरी नगरपालिका वडा न.७ देवीचौर, बुरुन्चुलीमा रहेको श्री भीमसेन आदर्श माविको हाताभित्र ३ कोठे बालमैत्री र १ कोठे अपाङ्ग मैत्री गरि ४ कोठे बालमैत्री शौचालय भवन निर्माण गरेको छ ।

निर्माण सम्पन्न शौचालय सोमबार विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा गोनपा वडा नं. ७ का वडाअध्यक्ष गिरीप्रसाद तिमल्सिनालाई भैरव गणका गणपति एबम प्रमुख सेनानी रणबहादुर खडकाले गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन लगायत सरोकारवालाहरुको उपस्थितिमा हस्तान्तरण पत्र र साँचो प्रदान गरेको छ ।

भवन हस्तान्तरण समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले विकासमा सबैको सहभागिता र एकजुट हुनुपर्छ भन्ने उदाहरण आफ्नो नगरपालिका भित्र नेपाली सेनाको भैरव गणले देखाएको भन्दै खुशी ब्यक्त गरे । नगर प्रमुख महर्जनले हाम्रो गोदावरी, सुन्दर र राम्रो गोदावरी बनाउन सबैले साथ दिनुपर्नेमा जोड दिए ।

भैरव गणका गणपती, प्रमुख सेनानी रणबहादुर खडकाले नेपाली सेना आपात बिपतमा ढाड फर्काएर नबसेको बताउदै नेपाली सेना देशको परिस्थिती अनुसार जनप्रेमी बन्दै गएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम पुर्व जिविस सदस्य गम्भिरबहादुर राना, गोनपा वडा नं. ५ र ६ वडाका वडाअध्यक्षहरु क्रमशः मिलन सिलवाल, विष्णुमान महर्जन, पुर्व देबीचौर गाविसका गाविस अध्यक्ष नरबहादुर डिम्डुङ तामाङ, विद्यालयका शिक्षक, शिक्षिका, भैरव गणका नेपाली सेनाहरु, अभिभावक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।