काठमाडौँ – विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ । विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गइसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले पाँचदेखि नौ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ९१ हजार पाँच जनालाई विद्यालयमा ल्याउने लक्ष्य लिइएको जानकारी दिए । गत वर्ष सो उमेर समूहका दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइएको थियो ।

Comments

comments