सहकार्मी रिहाईको माग गर्दै काभ्रेली पत्रकार धर्नामा

धुलिखेल । काभ्रेमा क्रियाशिल पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालय, काभ्रेमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय काभे्रमा एक घण्टा धर्ना दिएका हुन् ।

महासंघले बिहीबार विहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म एकघण्टा जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडी धर्ना दिएको छ । धर्ना पश्चात नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ देउपुरे, पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले पत्रकारलाई स्वतन्त्र पूर्ण लेख्न पाउने सरकारले ग्यारेन्टी गर्नुपर्ने माग गर्दै बिद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी हुनुपर्ने पत्रकारहरुले माग गरेका छन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।