भकुण्डे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बीपी राजमागमा ट्रिपर दुर्घटना भएको छ । आज (शनिबार) भएको दुर्घट्नामा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ७ निवासी ४५ बर्षीय केदार बहादुर बस्नेत रहेको छ।
धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिएर जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको प्रहरीले जानकारी दिएको छ । सडकबाट झण्डै ३ सय मिटर खसेको ट्रिपरले चालककालाई च्यापेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भिरमा खसको कारणले मृतक चालकको शव निकाल्न कठीन भइरहेको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















