रोशी एफ.एम. दोस्रो वर्षमा प्रवेश पहिलो बार्षिकोत्सव सम्पन्न

अशोक बुद्ध लामा
भकुण्डे । काभ्रे जिल्लामा सञ्चालित रोडियो रोशी एफएम १०१.६ ले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको छ ।

सो अवसरमा रेडियो रोशि एफ.एम.ले प्रथम वार्षिकोत्सव शनिबारका दिन एक कार्यक्रमका बीच भकुण्डेमा सम्पन्न गरेको छ । रेडियो रोशी एफ.एम. रोशी गाउँपालिकाको आर्थिक सहयोग र नाङशाल एशोशियनद्वारा सञ्चालनमा आएको हो ।

वार्षिकोत्सव कार्यक्रमका बिशिस्ट अतिथि एवं सामुदायिक रेडियो छाता संगठन(अकोरव)का बरिस्ठ उपाध्यक्ष अर्जुन गिरीले नेपालका धेरैजसो आन्दोलनमा समुदायिक रेडियोले जनतालाई सुसूचित गरेको कुरा चर्चा गरे । त्यसैगरि बिशिस्ट अतिथि एवं जिल्ला समन्वय समिति संयोजक उद्धव के.सीले १ वर्षमा रेडियो रोशीले धेरै प्रगति गरेको र जनताको मनमुटुमा बस्न सफल भएकोमा धन्यवाद र बधाई समेत दिए ।

नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद शिवप्रसाद हुँमगाईंले रेडियो रोशीले एक बर्षमा धेरै लोकप्रियता कमाइएको र लोकप्रियता कायम राख्न चुनौती रहेको र चुतौती पार गर्न शुभकामना दिए । अर्का विशिष्ट अतिथि पूर्व सांसद तिर्थ लामा र रोशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानले रेडियो रोशी जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सकोस भन्ने शुभकामना दिए ।

स्वागत मन्तव्य राख्दै रेडियोका व्यस्थापनका संयोजक लालकुमार पाख्रिनले रेडियो तथा सञ्चार माध्यमहरु सहर केन्द्रित भइरहेको अबस्थामा रेडियो रोशीले गाउँ–गाउँमा पहँच पुर्याइएको बताए ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्टेजन मेनेजर गुणराज मोक्तानले स्थानिय तहले सामुदायिक रेडियोको स्थापना पहिलो सामुदायिक रेडियो बताए ।

रोडियो रोशी २०७५ फाल्गुन ६ गते सुचना तथा सञ्चार प्रविधि मन्त्रलयले इजाजतपत्र प्राप्त भएको थियो ।

रेडियो रोशी परिक्षण प्रशारणमा दैनिक १० घण्टा र २०७५ बैशाख १ गतेबाट दैनिक बिहान ५ बजेबाट बेलुका १० बजेसम्म प्रशारण हुँदै आएको छ । यसको पहुँच क्षमता काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, गोर्खा, रामेछाप, दोलखा, सोलुखुम्बु र चितवनका अधिकांश ठाउँसम्म रहेको छ ।

रोशी खबर दैनिक ४ पटक, सिआइएन २ पटक, बीबीसी नेपाली सेवा बिहानीपख र साँझपख तथा अन्य विभिन्न कार्यक्रमहरु पनि प्रशारण हुँदै आएको छ ।

कार्यक्रममा विज्ञपनदाता तथा विभिन्न महानुभवहरुलाई प्रमाणपत्र, विभिन्न विधामा पुरस्कार दिएको थियोे । कार्यक्रमको सभापतित्व नाङशालका अध्यक्ष दिनेश लामाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।