काठमाडौं । लामो समयदेखि टुंगिन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला तहको नेतृत्व टुंगो लागेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंगो लगाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) साँझ बसेको बैठकले सबै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’सहित पार्टीका शीर्ष नेताहरुबीच बसेको बैठकले सबै जिल्लाका लागि अध्यक्ष र सचिव टुंगो लगाएको थाहा भएको छ । बैठकमा तत्कालीन एमाले र माओवादीका तर्फबाट कुन जिल्लाको पद कसले पाए भन्ने गोप्य राखिएको छ । उक्त निर्णय पार्टी स्थापना दिवस तथा लेनिन दिवसमा सार्वजनिक गर्ने योजना रहेको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















