रामेछाप । जिल्लाको दोरम्बा गाउँपालिका–३ टोकपुरस्थित निगुरेमा रहेको भिमसेन खोला तर्ने क्रममा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मंगलबार परेको मुसलधारे पानीसँगै भिमसेन खोलामा आएको बाढीले गर्दा ११ बर्षिय अनिष श्रेष्ठलेको ज्यान गएको हो ।
खोला तर्ने क्रममा अचानक आएको बाढीले अनिषसँगै उनका हजुरबुबा भिमसेन नगरकोटीलाई पनि बगाएको थियो । तर नगरकोटी भने पचास मिटर तल पुगेर बाँच्न सफल भएका थिए । धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत श्रेष्ठको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ ।
धन्यश्वर आधारभूत विद्यालयका शिक्षक तेज नगरकोटीले अनिषको निधनले गाउँ नै शोकमा डुबेको बताए । बर्षाको समयमा तर्न नसक्ने गरी बाढी आउने गरेपनि अहिले खोलामा पानी छैन् । मंगलवार शैलुङ क्षेत्रमा अध्याधिक ठूलो पानी परेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















