धुलिखेल । नेकपा (विप्लब समूह)का तीन जना कार्यकर्ताहरु आज जेल चलान भएका छन् । जिल्ला अदालत काभ्रेले धरौटीमा छाड्न आदेश दिएपछि धरौटी राख्न नसकेपछि उनीहरुलाई जेल चलान गरिएको हो । उनीहरु जिल्ला प्रहरी कार्यालय काभ्रेका हिरातमा रहेका थिए ।
जेल चलान गरिएका तीन नेताहरुमा बलेफी गाउँपालिका ४, सिन्धुपाल्चोकका इन्द्रबहादुर ठकुरी, बाहविसे नगरपालिका ८, सिन्धुपाल्चोकका रमेश पौड्याल (सौगात), र भुम्लु गाउँपालिका १, काभ्रेपलाञ्चोकका अजय श्रेष्ठ रहेका छन् । उनीहरुलाई अदालतले जनही २५÷२५ हजार रुपैया धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि सोमबार देखि नै उनिहरु हिरासतबाट कारागार चलान भएका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा रिहा गरेका तीन नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरुलाई मुलुकी संहिता अनुसार सार्वजनिक भौतिक संरचना कब्जा वा विनाश गर्न नहुने अपराध अन्र्तगत मुद्दा चलाईएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा रहेको एनसेल टाओरमा क्षति पु¥याएको अभियोगमा उनिहरुलाई मुद्दा दर्ता गरिएको थियो । पक्राउ परेकाहरुको परिवारको तर्फबाट सर्वाेच्चमा बन्दि प्रत्यक्षीकरण रिट दर्ता गरे पनि खारेज भएको थियो ।






















