मोहन तामाङ
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ९ किमालुङ बैदारभञ्ज्याङमा रहेको एस.के. सनराइज बोर्डिङ स्कुलमा तामाङ भाषामा पनि पढाई हुने भएको छ । २०६८ साल देखि सञ्चालनमा आएको एस.के. बोर्डिङले यस शैक्षिक सत्र देखि तामाङ भाषामा पनि पढाई हुने बोर्डिङका सञ्चालक सुवास सिं तामाङले बताए ।
शैक्षिक क्षेत्रमा लामो समय अगाडी देखिनै अमुल्या योगदान तथा विभिन्न सामाजीक काममा योगदान दिनुहुने सुवास सिं तामाङको २०१० सालमा जन्म भएको थियो । बाल्याकाल गाँउ घर तथा खेताले पातमै बिताएका सुवास सिं २० बर्षको उमेर हुँदा गाँउ छोडेर काठमान्डौ गएका थिए काठमान्डौ गएको १ बर्ष पछि शेर्पाको संगतले उनलाई पर्यटकको कुल्ली काममा गर्ने मौका मिलेको थियो । निरन्तर भए पछि किचेन कुक, कुक, सरदार हुदै पर्यटक डो¥याउन सक्ने गाइड सम्म भने पछि बिदेसी पर्यटकको सहयोगमा २०४६ सालमा बैदारभञ्ज्याङ मा शिक्षाको ज्योतिको लागि लालिगुराँस प्रावि बिद्यालयको स्थापना साथै २०५१ सालमा चन्द्र सुर्य मावि विद्यालयको स्थापना गरि शैक्षिक क्षेत्रमा अमुल्य योगदान दिनु भएको थियो ।
शिक्षाको क्षेत्रलाईनै निकै आत्मासाथ गर्ने सुवास सिं तामङ अहिले पनि शिक्षा क्षेत्रलाई नै पहिलो नम्बरमा राख्ने गर्दछ । सोहि कारण उनले २०६८ सालमा एस. के. सनराईज बोर्डिङ स्कुलको स्थापना गरि यस क्षेत्रमा ८० प्रतिशत भन्दा बडि तामाङ जाति भएकाले बोर्डिङमा तामाङ भाषामा पनि पढाई गर्न सके तामाङ जातिको भाषा, संस्कार र संस्कृति जोगाउनको लागि टेवा पुग्ने तामाङको बनाई छ ।






















