तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ को जन्ती लिएर आउने ट्रिपर दुर्घट्ना भई घाइते भएकाहरुलाई तेमाल गाउँपालिकाले उपचार खर्च हस्तान्तरण गरेको छ । गाउँमै पुगेर घाइतेहरुलाई तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङको नेतृत्वमा घाइतेहरुलाई एक समारोहका बीच उपचार खर्च वितरण गरेको हो ।

२०७५ साल माघ २३ गतेका दिन भएको उक्त ट्रिफर दुर्घट्नामा परेको घाइृतेहरुको ५० प्रतिशत खर्च तेमाल गाउँपालिकाले ब्यहोर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सोही बमोजिम घाइतेहरुको गाउँमै पुगेर रकम वितरण गरिएको तेमाल गाउँपलिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानले तेमाल अनलाईनलाई जानकारी दिए ।

दुर्घट्ना पछि वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले गाउँकार्यपालिकाको बैठकमा उपचार खर्च माग गर्दै प्रस्ताव राखेपछि गाउँकार्यपालिकाले ५० प्रतिशत उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष दुर्गमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत नविन गाङतान लामा, प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर मोक्तान, ९ नं. वडा अध्यक्ष चन्द्रबहादु लामा, ३ नं. वडा अध्यक्ष विष्णुबहादुर तामाङ, स्वास्थय शाखा प्रमुख शिवहरि पाठक, लेख अधिकृत विनोद शाह लगायतका टोली गाउँमा पुगेका थिए ।

कस्ले कति पाए ?

दुर्घट्नमा घाईते भएका १२ जनाले उपचार खर्च पाएका छन् । १६ जना घाईते मध्य ४ जनाले अस्पतालको विल भर्पाई नआइपुगेको कारण ४ जना छुटेको प्रवक्ता मोक्तानले बताए । ‘विल आउने वित्तिकै उहाँहरुलाई पनि हामी रकम हस्तान्तरण गर्ने छौं ।’ प्रवक्ता मोक्तानले भने ।

यसरी उपचार खर्च पाउनेहरुमा रोजिना दोङ २४ हजार ४ सय १५, मञ्जु माझी ५ हजार ८ सय ४७ रुपैयाँ, नविना माझी ४८ हजार ५ सय रुपैयाँ, सुरेश तामाङ १ लाख ३८ हजार १ सय ७८, विजय दोङ ५९ हजार ४ सय ६१, मेलिना तामाङ ९७ हजार ५४ रुपैयाँ, नारायण तामाङ ४ लाख ९० हजार ६ सय १९, दिनेश थोकर २ लाख २९ हजार ७ सय ८३, सपना व्लोन ९७ हजरा १ सय ६९, विवेक व्लोन २२ हजार ८ सय १८, अमिर दोङ ९९ हजार १ सय ८७ र प्रमीमाया तामाङ ९५ हजार १ सय ९९ रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मृतक प्रति शोक व्यक्त

कार्यक्रममा दुर्घट्नामा मृत्यु भएकाहरु प्रति तेमाल गापा अध्यक्ष तामाङले शोक व्यक्त गरेको छन् । ‘यो घट्ना अत्यन्तै दुखत र अकल्पनीय भएको छ ।’ उनले भने, ‘घाइतेहरुको शीघ्र स्वास्थय लाभको कामना तथा मृत्यु भएकोहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

कार्यविधि निर्माणमा ढिलाइ भएको कारण घाइतेहरुको उपचारको लागि रकम वितरण गर्न गर्न नसकेकोमा तामाङले दुःख समेत व्यक्त गरे । गाउँमै पुगेर तेमाल गाउँपालिकाको टोलीले घाइतेहरुलाई रकम हस्तान्तरण गरेपछि घाइते तथा उनका आफन्तहरु खुशी भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।