तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका भरिका आधारभूत विद्यालय र माध्यमिक विद्यालयका शिक्षकहरुको कार्यशाला सम्पन्न भएको छ ।
शनिबार तेमालको ग्योइगारमा विज्ञान र गणित विषयको एक दिने कार्यशाला सम्पन्न भएको हो । तेमालमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नविन गाङ्तन लामा आएसँगै गुणस्तरीय शिक्षा कायम गर्ने अभियान नै चलेको छ । जस अन्तर्गत विद्यालय अनुगमन र कार्यशाला कार्यक्रमलाई साथ–साथमा अगाडि बढाइरहेको छ ।
हरेक परिक्षामा विज्ञान र गणित विषयमा विद्यार्थी कमजोर रहेपछि कार्यशाला कार्यक्रमको आयोजना गरिएको बुझिएको छ ।
कार्यशालामा तेमालको बिधार्थीहरुको शिक्षण सिकाइमा भएको समस्याहरुको बारेमा पनि छलफल भएको प्रमुख प्रसासकीय अधिकृत लामाले तेमाल अनलाईनलाई बताए । ‘हामीले भाबी दिनमा सबै समस्याहरुको समाधान गर्दै सुधारको लागि सबै शिक्षकहरुलाई प्रतिबद्धता गराएका छौं ।’ लामाले भने, ‘अब विद्यालय सुधारका लागि कुनै पनि कसर बाँकी राख्ने छैनौं ।’






















