रोशीमा कराँते कुमाइते तथा काता प्रतियोगिता सम्पन्न

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा पहिलो राष्ट्रिय डब्लु.आई.के.एफ महिला पुरुष कराँते कुमाइते तथा काता प्रतियोगिता सम्पन्न भएको छ । ७ वटै प्रदेशबाट सहभागी रहेको उक्त प्रतियोगितमा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

कुमाइते र काता तर्फ १५ केजी तौल समुहदेखी ६० केजी उमेर समुह भन्दा माथीका महिला तथा पुरुष खेलाडी सहभागी थिए । प्रतियोगितामा प्रगतीकिरण डब्लुआईकेएफ शाखा डोजो पहिलो, रिम्स शाखा वौद्ध दोस्रो र बुढानिलकण्ठ शाखा डोजो तेस्रो भएको थियो ।

रोशीमा कराँते कुमाइते तथा काता प्रतियोगिता सम्पन्न

उमेरसमुह अनुसार पहिलो दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र मेडल प्रदान गरिएको थियो भने राइजिङ स्टार, वेष्ट प्लेयर, अनुसाशित समूह र पहिलो, दोस्रो, तेस्रो हुने समूहलाई प्रमाणपत्र, मेडल,शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर लामा (डिबी)ले एक कार्यक्रमका बीच गरेका थिए भनेसमापन कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्ब अध्यक्ष सुर्य बहादुर अधिकारीको प्रमुख आतिथ्यता भएको थियो ।

कार्यक्रममा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखवुद्ध लामा, नेपाली कांग्रेस नमोवुद्ध नगर सभापति कुन्साङ लामा, वादो इन्टरनेशनल कराँते फेडेरेशनका प्रमुख मान बहादुर मोक्तान, नेपाल ओलम्पिक कमिटीका बोर्ड सदस्य लाल बहादुर लामा, प्रगतीकिरण अंग्रेजी मावि का प्राचार्य प्रदीप रेग्मी, सनराइज क्लव काभ्रेका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेको गाउँपालिका अध्यक्ष लामाले खेल र खेलाडीको संरक्षण गर्न आफु र रोशी गाउँपालिका सधै प्रतिवद्ध रहेको बताए । यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि एम्नेष्टि इन्टरनेश्नल नेपालका अध्यक्ष सुर्य बहादुर अधिकारीले खेलकुद प्रतियोगिताले अवसरबाट बन्चित खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।

रोशीमा कराँते कुमाइते तथा काता प्रतियोगिता सम्पन्न

डब्लुआईकेएफ वरिष्ठ प्रशिक्षक मान बहादुर मोक्तानले खेलकुदमा राजनीति हुँदा खेलाडी र खेलपे्रमीलाई अन्याय भएको बताउँदै दुःखका बिचमा पनि संघर्ष गरेर अन्तर्राट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराई सफलता हासिल गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

Comments

comments