हिरासतमा रहेका विप्लव समूहका नेता जीवन्तको स्वास्थ्य अवस्थ गम्भिर

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (विप्लब समूह)का पोलिटब्यूरो सदस्य मोहनबहादर कार्की (जीवन्त)को स्वास्थ्य अवस्था एकपछि अर्को गम्भिर बन्दै गएको छ । विभिन्न अभियोगमा प्रहरी हिरासतमा बन्दी बनाइएका जीवन्तको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

चैत्र २४ गते आइतबार सर्वोच्च अदालतको आदेशमा रिहा लगत्तै गेटबाटै गिरफ्तार भएका नेता जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित छन् । उनले त्यससम्बन्धी दैनिक रुपमा कडा मात्रामा औषधि खाइरहेका छन् ।

पुनः गिरफ्तारपछि संगठित अपराध अभियोगमा अनुसन्धानकालागि भन्दै हाल संखुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका छ । प्रहरी प्रशासनले उनकोबारेमा कुनै चासो नलिएको परिवारले बताएको छ । ‘स्वास्थ्य परिक्षण गराउने त कता हो कता, नियमित औषधि टुट्दासमेत बेवास्ता गरेको छ ।’ उनका परिवारका सदस्यले बताए ।

भेटघाट गर्न पुगेकाहरुसँग आफू गम्भीर स्वास्थ्य समस्यामा परेको र उपचारकालागि काठमाडौं लैजाने व्यवस्था मिलाउन आग्रह गरेको बताए । बन्दीले पाउने सामान्य उपचार सुविधासमेत राज्यले आफूलाई नदिएको र उपचारकालागि गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले फाँसीवादी चरित्र देखाएको उनको आरोप छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।