कार्यक्रम सिद्धार्थ योङ स्टार क्लबको सहयोगमा हुने भएको छ ।

भोटेकोशी । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं. ४, नारायणस्थानमासाङ पुजा तथा प्रवचन कार्यक्रम हुने भएको छ ।

कार्यक्रम २५५३ औं बुद्धजयन्तीको अवसरमा थाङसिङ छ्योलिङ गुम्बा व्यवस्थापन समिति नारायणथानको अयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

आगामी जेठ ४ गते शनिवार हुने कार्यक्रममा ङिङमापा सम्प्रदाय (ज्यङ्तेर, रिवो टासाङ) यानको प्रमुख परम पूज्य श्रद्धेय धर्मगुरु चौथो खुइंग्रट्रोल रिन्पोछे साङ पूजा (शुद्धता) सम्पूर्ण प्राणीहरूको हितको लागि आवलोकितेश्वर (जगतको नाथ, फावा चेनरेसीग)को वाङ (अभिषेक)लुङ (आगम) प्रदान हुने सिद्धार्थ योङ स्टार क्लबका अध्यक्ष नुर्प शेर्पाले तेमाल अनलाईनलाई बताए । शेर्पाका अनुसार कार्यक्रममा बुद्धधर्म सम्बन्धी प्रवचन समेत हुनेछ ।

कार्यक्रम सिद्धार्थ योङ स्टार क्लबको सहयोगमा हुने भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।