धुलिखेल । केही दिन अघि घरभित्रै मृत अवस्थामा फेला परेकी मण्डनदेउपुर नगरपालिका वडा नं. ६ की २५ बर्षिया सरिता दाहाल दुलालको हत्या भएको भन्दै दोषीलाई कार्वाही गर्न माग गर्दै महिलाहरुले धुलिखेलमा प्रदर्शन गरेकाछन् ।
महिलाहरुले यस घटनालाई लिएर दोषीलाई कडा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेको अगाडी प्रदर्शन गरेका हुन् ।
गत शुक्रबार मृत अवस्थामा भेटिएकी सरितालाई परिवारले हत्या गरेको भन्दै दवाव दिन जनप्रतिनिधि तथा स्थानीय महिलाहरु प्रहरीकोमा पुगेको थिए । स्थानीय महिला तथा जनप्रतिनिधीहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेमा न्यायका लागि धर्ना दिएको बताए । महिलाहरुले घटनामा संलग्नलाई कसैको दवाव र प्रभावमा छुट दिन नहुने भन्दै दोषीलाई कुनैपनि हालतमा कार्वाही हुने पर्ने माग गरेका छन् ।
प्रदर्शनमा मण्डनदेउपुर नगपालिकाका प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख निर्मला शाही, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, बनेपा नगपालिकाकी उपप्रमुख रेखा दाहाल, नेकपाकी संसद गोमा भुर्तेल, नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाइ लगायतले धर्नाको नेतृत्व गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले सरिताको हत्या विषयमा प्रहरीले कानुनी उपलब्ध प्रविधिको प्रयोग गरेर न्यायको पक्षमा आफु लाग्ने महिलाहरुलाई बताएका थिए ।
घटनामा संलग्न रहेको आशंकामा सरिता दुलालकी श्रीमान् सुदिप दुलाल, ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगिता दुलालमाथी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।






















