कार्यक्रम बोल्दै प्रमुख अतिथि मिलन लामाले विद्यालय प्रति आफ्नो धेरै माया रहेकोले ३ लाख बजेट विनियोजन गरिएको बताए । शिक्षाको लगानी कहिल्यै घाटामा नजाने र जहिल्यै नाफामा जाने कुरा बताउदै शिक्षामा लगानी गर्नुपर्ने लामाले बताए ।

अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ मा रहेको कृष्णा आधारभुत विद्यालयको नवनिर्मित ६ कोठे भवन एक कार्यक्रमका बीच उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

SO THE CHILD MAY LARN नामक सामाजिक संस्थाले ४१ लाख लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन ११ नं. वडा अध्यक्ष मिलन लामा, वडा नं. १० का वडा अध्यक्ष दुधराज घलान, सँस्थाको तर्फबाट JOHN CLARK, MICAL Quin, David, Make ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि मिलन लामाले विद्यालय प्रति आफ्नो धेरै माया रहेकोले ३ लाख बजेट विनियोजन गरिएको बताए । शिक्षाको लगानी कहिल्यै घाटामा नजाने र जहिल्यै नाफामा जाने कुरा बताउदै शिक्षामा लगानी गर्नुपर्ने लामाले बताए ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि मिलन लामाले विद्यालय प्रति आफ्नो धेरै माया रहेकोले ३ लाख बजेट विनियोजन गरिएको बताए । शिक्षाको लगानी कहिल्यै घाटामा नजाने र जहिल्यै नाफामा जाने कुरा बताउदै शिक्षामा लगानी गर्नुपर्ने लामाले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि विनय लामाले आफु मार्फत विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘स्वर्गीय पंचमान लामाले विद्यालय स्थापना नगरेको भए यहाँका विद्यार्थीहरु घाँस काटीरहेको हुन्थे या अन्यत्र जानुपर्ने बाध्यता हुने कुरा उल्लेख गरेका थिए ।’ लामाले भने, ‘वडाका कार्यसमितिका सदस्यहरुले सहयोग नगरेको भए यो विद्यालय यहाँसम्म आउन सक्दैन थियोे ।’ लामाले ३ जना शिक्षकलाई तलब व्यवस्था गर्दै आएका छन् ।

त्यसैगरि कार्यक्रममा विद्यालयका संस्थापक स्वर्गीय पंचमान लामाको सुपुत्र जर्मनी निवासी स्वयं बुद्ध लामाले आफ्नो पिताले स्थापना गरेको विद्यालयमा आउन पाउँदा खुसी लागेको बताउँदै विद्यालयलाई नगद अक्षेरुपी १० हजार सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि वडा नम्बर १० का वडा अध्यक्ष दुधराज घलानले आफु १० नं. वडाको वडा अध्यक्ष भए पनि वडा नम्बर ११ लाई माया रहेको र शिक्षा स्वास्थ र पुर्वाधारमा सहयोग र सहजीकरण गर्न तयार रहेको बताए ।

वि. व्य. स अध्यक्ष चन्द्र बहादुर सिदालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय स्वर्गीय पंचमान लामाको पहलमा २०३१ सालमा स्थापना भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।