तेमाल । काभ्रे जिल्लाको तेमालमा निसान ट्रककाे ढाेकाबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका–२ सर्स्युखर्कका २० वर्षीय सुनिल लामा रहेका छन् ।
भकुण्डेबेशीबाट तेमालतिर जाँदै गरेको बा ५ ख ५३१८ नम्बरको निसान ट्रककाे ढोकाको चुकुल खुस्किएर लामा गाडिबाट तल झरेका थिए । घाइते लामाकाे उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















