बौद्ध तामाङ भवनमा निःशुल्क रुपमा सम्भोटा लिपि सिकाइ कक्षा संचालन हुने भएको छ ।
प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालले यहि वैशाख २९ गते आइतबार देखि निःशुल्क रुपमा बौद्ध धर्म सम्बन्धी धर्म गुरु लोपेन ङवाङ ग्याल्छोबाट कक्षा संचालन गर्न लागिएको हो । आइतबार देखि शुक्रबार सम्म हप्तामा ६ दिन कक्षा संचालन गर्न लागिएको तेमाल अनलाइनलाई जानकारी प्राप्त भएको छ ।
दिउँसो १२ बजे देखि १ः३० सम्म आधारभुत, १ः३० देखि ३ः०० बजे सम्म ज्योर्लोक कक्षा संचालन गर्न लागिएको र ३ बजे देखि ५ बजे सम्म च्योई कक्षा संचालन गर्दै आइरहेको संस्थाका महासचिव खेल बहादुर लामाले बताए ।
संस्थाले स्थापन काल देखि नै सम्भोटा लिपि सिकाई कक्षा, ज्योर्लोक, च्योई, समय-समयमा गुरुहरुबाट प्रवचन, विभिन्न समय तथा तिथिहरुमा पुजापाठ, लागएत पेजा (छ्योई) र मोलाम किताब छापि निःशुल्क रुपमा वितरण गर्दै आईरहेको छ । यस सस्थाले प्रत्येक शनिबार विहान ७ बजे देखि ९ बजे सम्म निःशुल्क रुपमा बालबालिकाहरुका लागि लक्षित गरि मञ्जुश्री बाल कक्षा समेत संचालन गर्दै आईरहेको संस्थाका उपध्यक्ष सोनम थोकरले बताए ।
सम्भोटा लिपि, ज्योर्लोक र च्योई सिक्न ईच्छुक महानुभावहरुले संस्थाको कार्यलय बौद्ध–६, काठमाण्डौ, तामाङ भवनको दोस्रो तल्लामा आएर सम्पर्क गर्न संस्थाका सचिव कुमार थोकरले तेमाल अनलाइन मार्फत सबैमा अनुरोध समेत गरेका छन् ।
कार्यक्रमको समय तालिका























