अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपलिकाको आर्थिक सहयोगमा सञ्चालित रोशी खबर पत्रिकाले दोस्रो बर्षमा टेकेको छ । उक्त अबसरमा एक कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष डि.बी. लामाले ब्यक्ति विशेषलाई हाइलाइट गर्नुभन्दा राम्रो कामलाई उजागर गर्न अम सञ्चार सक्नुपर्ने बताउदै नराम्रो काममा खबरदारी र विकासको काममा साझेदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश हुमागाईले वि.पीले पत्रकारलाई आफ्नो आलोचना गर्न अनुरोध गरेको प्रसंगलाई कोट्याउँदै रोशी साप्ताहिकले पनि यो भूमिका खेल्नुपर्ने बताए ।
पत्रिकाको प्रकाशक दिनेश लामाले ७ सय ५३ वटा स्थानीय सरकारमध्ये रोशी पत्रिका स्थानीय सरकारले चलाएको पहिलो पत्रिका रहेको बताउँदै मिडिया क्षेत्र अरु क्षेत्र भन्दा जोखिम र गाह्रो रहेको कुरा बताए ।






















