‘जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा’ –प्रदेश सांसद लम्साल

अञ्जली तामाङ
धुलिखेल । प्रदेश ३ का सांसद लक्ष्माण लम्सालले सबै जनप्रतिनिधिका छोराछोरीहरु सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिएका छन् । बुधबार काभ्रेको धुलिखेल नगरपालिका वडा नं ६ मा रहेको पूर्णसञ्जीवनी लङखनामाई मा.बि.को ५९ औ बार्षिकोत्सबलाई सम्बोधन गर्दै सांसद लम्सालले उक्त कुरा बताएका हुन् ।

‘सरकारले सामुदायिक बिद्यालयहरु सुधारको लागि ल्याएको योजना अनुरुप काम गरिरहेको छ ।’ उनले भने, ‘जनप्रतिनिधिहरु सांसद देखि नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु सबैले आफ्न छोराछोरीहरु समुदायिक बिद्यालयमै पढाउनुपर्छ ।’

संसद लम्सालले शिक्षा क्षेत्रमा तीनै तहको सरकार मिलेर सुधारको लागि लागिरहेको बताए । ‘अहिले समुदायिक बिद्यालयहरुको सुधारको लागि केन्द्रि सरकार, प्रदेश सरकार र स्थानिय सरकारले काम गरिरहेको छ ।’ उनले भने, ‘त्यति मात्र होइन सरकारले अहिले भुकम्पबाट क्षति पु¥याएको बिद्यालयहरु समेत पुननिर्माण गरिरहेको छ ।’

कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ६ का अध्यक्ष संजय कोजु, ७ नं वडा अध्यक्ष रोमी ब्यन्जु श्रेष्ठ, ११ नं वडा अध्यक्ष बिष्णु धिताल, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख लगायतका उपस्थिति रहेका थिए ।

कार्यक्रममा बिद्यालयलाई स्थापनकालदेखि सहयोग गर्ने, बिदेशी क्यनडाका पाहुनहरु र बिद्यालय निर्माणको लागि जग्गा दिने समाजेसीहरुलाई सम्मान गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।