तेमालमा प्रादेशिक सांसद ढकालद्वारा कृषि नर्सरी शिलान्यास

तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ मा निर्माण हुन लागेको कृषि नर्सरी फलफूल तथा जडिबुटी योजनाको शिलान्यास गरेका छन् । आज (बुधबार) सांसद ढकालले एक कार्यक्रमका बीच योजनाको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा सांसद ढकालले कृषि क्षेत्रलाई विकास र सम्बद्र्धन गर्न आफूहरु लागेको बताए । मुलुकको अर्थतन्त्र कृषिमा निर्भर भएको चर्चा गर्दै उनले कृषिलाई निर्वाहमुखीबाट व्यवसायीकरण तिर लानुपर्नेमा जोड दिए । ‘सरकारको कृषिलाई व्यबसायीकरण तिर लानका लागि यो कृषि नर्सरीले टेवा पुग्ने छ ।’ उनले भने, ‘समाजवादी अर्थतन्त्रको लागि यो थालनी मात्र हो ।’

उनले कृषि नर्सरी योजनालाई क्रमगतरुप राखिने, लिफ्टीङ खानेपानीको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्दै नयाँ आर्थिक वर्षको लागि नयाँ योजना पेश गर्न पनि वडाध्यक्षलाई निर्देशन दिए ।

कार्यक्रममा नेकपा काभ्रेको युवा नेता डि.एम. लामा, वडा नं. ८ को वडाअध्यक्ष लक्ष्मी बहादुर घिसिङ, वाईसियल काभ्रेका युवा नेता लनम दोर्जे तामाङ, विद्यार्थी नेता पदमबहादुर तामाङ लगायतकाको उपस्थिति रहेका थिए ।

Comments

comments