रामेछाप । रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–१ राकाथुम चापडीको दुई युवालाई गाईं काटेको आरोपमा प्रहरीले पक्राउ गरेका छ ।
मासु सेवन गर्ने उद्देश्यले गाई काटेर मासु काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
गाई काटेर मासु भाग लाउँदै गरेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेष अदालतले गाई काटने दुई युवालाई पक्राउ गरी पशुपन्छी ऐन अन्तर्गत मुद्दा चलाएको छ । अपराध प्रमाणित भए आरोपित दुई युवा ३ वर्ष जेल बस्नुपर्ने कानुनी प्राब्धन रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















