चौरीदेउरालीको आयोजनामा माटो परिक्षण शिविर, किसान खुशी

काभ्रे । किसानहरुको माग बमोजिम चौरीदेउराली गाउँपालिकामा माटो ३ दिने माटो परिक्षण शिविर आजदेखि दोलालघाटमा सञ्चालन भएको छ ।

शिविर चौंरीदेउराली गाउँपालिकाको आयोजनामा तथा केद्रिय कृषि प्रयोगशाला, हरिहर भवन ललितपुरको सहयोगमा सञ्चालन एको हो ।

शिविरमा चौंरीदेउराली गापाका १ सय ५० स्थानको माटो परिक्षण गरिने आयोजकले जानकारी दिएको छ । शिविरमा गाउँपालिका अध्यक्ष दिनानाथ गौतमको सहभागीता रहेका थिए । शिविर शुक्रबारसम्म चल्नेछ । माटो परिक्षण शिविर सञ्चालन भएपछि यस भेगका किसान खुशी भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।