नेपाली काँग्रेसलाई बल्ला सघीयता आयो, कारण यस्तो छ

सिन्धुपाल्चोक । देशै भरि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले यतिखेर जागरण अभियानको शुरुवात गरेको छ । गुट र उपगुटबाट ग्रसित भएको काँग्रेस भित्र राजनैतिक वैचारिक अन्तरविरोध भन्दा भौतिक रुपमै आक्रमण हुने कुरा नौलो होइन ।

यसैक्रममा सिन्धुपाल्चोक जिल्लामा कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा कार्यकर्ताहरुबीचमा झडप भएको छ । पार्टी सभापति शेरबहादुर देउबा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका कार्यकर्ताहरुबीच ‘फाइट’ पर्दा एकजना तरुण दलका कार्यकर्ता घाइते भएका छन् ।

कार्यक्रम स्थलमै यसरी कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । कांग्रेस २ नम्बर क्षेत्रीय समापति नवराज भट्टराईका अनुसार, श्रेष्ठको टाउकोमा चोट लागेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।