काठमाडौं । अछााम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ का वडा सदस्य बेद प्रकाश तिमिल्सिनाले पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जंगबहादुर थापालाई ज्यान मार्ने धम्की दिएकाछन् ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य तिमल्सिनाले झोलुङ्गे पुल उपभोक्ता समिति गठन गर्दा आफ्नो कार्यकर्ताले नेतृत्व नपाएको भन्दै पूर्वाधार विकास कार्यालय अछामका प्रमुख थापालाई ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको हो ।
निकै नै असभ्य भाषा प्रयोग गरेका वडा सदस्य तिमिल्सिनाले आफू एक निर्वाचित जनप्रतिनिधि र नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीको सदस्य भएको बिर्सिएका छन् । फोनमा उनले, ‘तँ हाकिमलाई काटेर नकटा खोलमा बगाईन भने म बेद प्रकाश तिमिल्सिना होइन मु.. रेकर्ड गर मेरो फोन मु.. रेकर्ड गर ।’ भनी सुरुवातमै ज्यानमार्ने धम्की दिएका छन् ।
लौ सुन्नुहोस अडियोः
आफ्नो कार्यकर्तालाई नेतृत्व नदिएको भन्दै तथानाम गाली गर्ने तिमिल्सिनाले यो उत्तर कोरिया होइन भन्दै तलाई काटेर २० बर्ष जेल बस्दा पनि आफू ५ बर्षमा जेलबाट छुट्ने र काँग्रेस पार्टीमा युवा नेता हुने उद्घोेष समेत गरेका छन् ।
पिडित थापाले विविध कारणले प्रशासनमा उजुरी नहालेपनि स्थानीय प्रशासनको मौनताले आम नागरिक तथा राष्ट्र सेवकमा नेपाली काँग्रेस पुरानो पार्टीबाट निर्वाचित वडा सदस्यको अभिव्यक्तिले नकारात्मक सन्देश दिएको छ ।
कार्यालय प्रमुख थापाका अनुसार घटना गत फागुन ३० गते भएको र निज पिडक तिमिल्सिनाले स्थानीयसँग समन्वय नगरी उल्टै उच्च अदालत दिपायलमा मुद्दा दायर गरेको तर आफूले घटनालाई सार्वजनिक गर्न नचाहेकोले अहिलेसम्म घटना गुपचुप रहेको जानकारी गराए ।
आफ्ना केही साथीले तपाईलाई धम्की दिएको अडियो सुनौं न भन्दै गोप्य रुपमा रेकर्ड गरी सार्वजनिक गरेको उनले खुलासा गरे । ‘मैले कानुन अनुसार काम गरेको हो । मेरो कारणले अरुले दुःख नपाउन भन्ने मनशायले कतै खबर गरिन ।’ उनले भने, ‘सुरक्षा प्रशासनलाई घटना बारे जानकारी भए पनि मैले निवेदन हालेको छैन ।’
नेपाली काँग्रेसबाटै निर्वाचित पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटाले जनप्रतिनिधि जस्तो व्यक्तिले आवेगमा आएर कर्मचारी थर्काउनु सोभनिय नभएको बताए ।
नेपाली काँग्रेसको जिल्ला पार्टी नेतृत्वमा दह्रो प्रभाव पार्ने तिमिल्सिनाले पटकपटक दिएका धम्कीको वेवास्ता गर्ने काँग्रेस र सुरक्षा निकायको मौनताले भोली जघन्य घटना घटेमा जिम्मेवारी कस्को भन्ने प्रश्न उब्जिएको छ ?






















