अशोक बुद्ध लामा
काभ्रे । जिल्लाको रोशी गाउँपालिका ९ मंगलटारका कान्छा विश्वकर्मा बाल्यकालदेखि नै आफ्नो पुर्खाले अप्नाउँदै आएको आरन व्यवसायवाट व्यस्त सफल र सन्तुष्ट छन् ।
शुरुमा सार्वजनिक स्थानबाट आरन राख्न वाध्य वि.क. हाल आफ्नै लालपुर्जा भएको जग्गामा घर र उद्योग बनाउन सफल भएका छन् । फाइनन्सबाट ऋण निकालेर आरन व्यवसाय शुरु गरेका विकको हाल जीवन निर्वाह गर्न कुनै समस्या छैन ।
‘अब त बचत समेत गर्न थालेको छु ।’ खुशी हुँदै उनले तेमाल अनलाईनसँग भने, ‘परम्परागत सिपले मलाई आत्म सन्तुष्टि मिलेको छ । जीवन चलेकै छ ।’
सानोमा आफ्नै बुबाबाजेले गर्दै आएको आरन व्यवसायबाट सोचको भन्दा राम्रो आम्दानी गर्न सकेको उनी बताउँछन् । बनेपाबाट कच्चा पदार्थ ल्याउने गरेका वि.क.ले सिन्धुली, रामेछाप, बनेपा, भक्तपुर र काठमाडौंमा समेत बजार विस्तार भएको छ । ती जिल्लाहरुबाट उनलाई सामानको अर्डर आउने गरेको छ ।
विकले आफ्नो आरन व्यवसाय दर्ता गरेर सरकारलाई कर समेत बुझाउँदै आएका छन् । यो व्यवसायबाट छोराहरु समेत सन्तुष्टि भएको उनले बताए । ‘मेरो छोराहरु समेत सन्तुष्टि भएर यही काममा लागेका वि.क.ले ६ जनालाई रोजगार समेत दिएका छन् ।’ उनले भने, ‘शुरुमा हसियाँ जस्ता घरेलुु हतियार बनाउने काम गरेकोमा हाल मैले ग्रिल तथा घर सम्बन्धि सम्पूर्ण कामहरु गर्न थालेको छु ।’
उनले आफ्नै ट्र्याक्टर समेत किनेको र ट्रक्टरबाट होम डेलिभरि समेत गर्ने गरेको बताउँछन् । ग्राहकलाई स्तरीय सामाग्री र सन्तुष्टि दिन सकेमा महिनामा ४५ र ५० हजारसम्म कमाउने उनी बताउँछन् ।






















