काठमाडौं । नेपाल तामाङ घेदुङ र तामाङ सञ्चारकर्मी बिच अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
उक्त कार्यक्रम घेदुङका सुचना, सञ्चार तथा प्रकाशन विभाग नेपाल तामाङ घेदुङ काठमाडौंको अायोजनामा नेपाल तामाङ घेदुङको सभाहलमा भएको थिए।
घेदुङ र सञ्चारकर्मी बिच समन्वय र सहकार्य अागमी दिनहरुमा कसरी अगाडि बढाउने भने बारेमा अन्तरक्रियात्मक छलफल गरेका थिए।
नेपाल तामाङ घेदुङ अध्यक्ष मोहन गोलेले अागामी दिनमा घेदुङ र सञ्चारकर्मीहरु सुमधुर सम्बन्ध कायम गरेर अगाडि बढाउने बताउनु भयो ।
यस्ता अन्तरक्रिया कार्यक्रम भने घेदुङको इतिहासमै पहिलो पटक भएको हो।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ, पत्रकार कुमार यात्रु तामाङ, जगत दोङ,तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तान अस्मिता तामाङ, रामकृष्ण ब्लाेन तामाङ र सञ्चारकर्मीहरु सहभागी थिए ।






















