काठमाडौँ । नेकपा(विप्लब समूह)ले आज (सोमबार) आफ्नो पार्टीले गरेको नेपाल बन्द सफल भएको दावी गरेका छन् ।
आज पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दावी गरेका हुन् ।
विज्ञप्ति मार्फत वम विष्फोटमा मृत्युहुने आफ्नो कार्यकर्ताहरुलाई सहिद समेत घोषणा गरेका छन् । जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा मृत्यु हुने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको छ ।
साथै उनले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरूप्रति धन्यवाद दिएका छन् ।
महासचिव विप्लवले विज्ञप्तिमा कम्युनिस्टका नाममा केपी—पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोलीहानी हत्या गरेको स्मरण गराउँदै यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने प्रस्ट पारेका छन् । सोही प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो ।
‘केपी—पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिकालागि गरिएका संघर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, हाम्रो पार्टीका नेता÷कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नु, यहाँसम्मकि दोहोरो मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेका छन् ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ ।’
यस्तो छ विज्ञप्तिः























