उपाध्यक्ष बिष्टबाटै सुनापती डाँडाबाट प्याराग्लाइडिङकोे परीक्षण

रामेछाप । जिल्लाको सुनापती गाउँपालिकास्थित सुनापती डाँडाबाट प्याराग्लाइडिङकोको परीक्षण उडान सफल भएको छ । परिक्षण उडानमा नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल र सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले उडान भरेका थिए ।

सुनापती डाँडाबाट उडान भरेको प्याराग्लाइडिङ सिन्धुली जिल्लाको धार्मिक पर्यकीय क्षेत्र कुशेश्वर महादेव मन्दिरमा अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि स्थानीयवासी पर्यटन प्रबद्र्धन हुने भएकाले खुसी भएका छन् ।

परिक्षण उडान सफल भएपछि सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले प्याराग्लाइडिङ उडानको रिपोर्ट आएपछि आगामी दिनमा निरन्तरता दिने प्रतिबछता व्यक्त गरे । गाउँपालिकाले पर्यटन प्रर्बद्धन गर्न लगानी समेत गर्ने बताउँदै अध्यक्ष लामाले प्याराग्लाइडिङ सञ्चालनमा ल्याउनका लागि पचास प्रतिशत स्थानीयलाई शेयर दिएर सञ्चालन गर्ने खुलासा समेत गरे ।

आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गरेर व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गरिने योजना अगाडि सारिएको अध्यक्ष लामाले बताए ।

परीक्षण उडानका यात्रु नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले प्याराग्लाइडिङलाई निरन्तरता दिनुपर्ने र निकै स्वर्गीय आनन्द आफूले महशुस गरेको प्रतिक्रिया दिए ।

करिब २२ सय मिटर उचाइबाट ४ सय ५० मिटर तल सिन्धुलीको दुम्जामा अवतरण गरेको स्थानीय तेज तामाङले बताए । प्याराग्लाइडिङका पाइलटद्धय जुद्ध गुरुङ र विनोद खड्काले करिब ४५ मिनेटमा सुनापतीको लहरेमानेबाट दुम्जामा अवतरण गरेका थिए ।

सुनकोसी लहरेमाने सुनापती पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राज मैनालीले उडानअघि धावनमार्ग र अवतरणस्थलका बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । लहरेमानेस्थित घिउखोर आहलबाट उडान भरेपछि अब गाउँपालिकाले व्यवसायीक रुपमा उडान गर्ने योजना अगाडि सारेको छ ।

सुनापती डाँडाबाट दोलखाको गौरीशकंर हिमाल, सैलुङ क्षेत्र, ऐतिहासिक सिन्धुलीगढीलगायत देख्न सकिन्छ । पहिलो उडान लहरेमानेबाट सिन्धुलीको दुम्जामा गरेपछि आगामी उडान भने सुनकोसी नदीस्थित लुभु र सिन्दुरेटारमा गरिने गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको सुनापती डाँडा काठमाडौंबाट करिब एक सय २० किलोमिटरको दूरिमा रहेको छ ।

Comments

comments