काठमाडौं । आफ्नो सरकार आएपछि ५ हजार बृद्ध भत्ता पु¥याउने चुनावी घोषणा पत्रमा उल्लेख गरेपनि यस वर्ष सरकारले १ हजार मात्र बृद्धि गर्ने भएको छ ।
आज (बुधबार) अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा बृद्ध भत्ता एक हजार रुपैयाँ बृद्धि भएको हो ।
यस अघि मासिक २ हजार रहेको भत्ता आगामी आर्थिक बर्षबाट ३ हजार हुनेछ । अन्य सामाजिक सुरक्षा भत्ता पनि मासिक एक हजारबाट बढेर २ हजार पु¥याइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















