काठमाडौ । आदिवासी जनजाति चलचित्र महासंघले राजधानी काठमाडौंमा ३ दिन सम्म तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सब गर्ने भएको छ ।
बुधबार राजधानी स्थित पर्यटन विकास बोर्ड भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरि उक्त अायोजनाको जानकारी दिएका हो।
अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुन को प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अादिवासी जनजाति महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले जानकारी दिएका हो।
विगत ३ वर्ष देखि महोत्सव गर्दै अाएका महासंघले यो महोत्सवलाई भने निकै उत्साह पुर्वक हुने बताएका छ। चलचित्रको मध्यमबाट आदिवासी जनजातिहरुका मौलिक कला,संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण र प्रबर्द्धनका लागि आदिबासी जनजाति चलचित्र महोत्सब-२०७६ कार्यक्रमका उदेश्य लिएको बताएका छ।
महोत्सबमा २० वटा चलचित्रहरु प्रर्दशन हुने भएको छ।
१. म्ले क्यु (गुरुङ) निर्देशक – जस माया गुरुङ
२. रिजेनासा (गुरुङ) निर्देशक – प्रितम गुरुङ
३. मोङो डोङा–२ (माझी) निर्देशक – सुञ्जीत माझी
४. द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा) निर्देशक – निश्चल पौडेल
५. पुल्टी (राजबंशी) निर्देशक – प्रबलद्घिप बिश्वास
६. यारी (राई) निर्देशक – बिर बहादुर राई
७. वाम्बुले राई संस्कार (राई) निर्देशक – कृष्णजित राई
८. छेँगु (सुनुवार) निर्देशक – लक्ष्मी सुनुवार
९. आङा थेबा (तामाङ) निर्देशक – अमृत बहादुर सुनुवार
१०. झुमरा नाच (थारु) निर्देशक – आशिष बिक
११. खुर्पेटो (मगर) निर्देशक – बिश्वास मगर (बिकास)
१२. साङ्गेला घ्रान (तामाङ) निर्देशक – दिपक तामाङ
१३. कृषा गौतमी (नेवार) निर्देशक – रामकृष्ण खड्गी
१४. नौलिन भद्रकाली जात्रा (नेवार) निर्देशक – रामकृष्ण श्रेष्ठ
१५. तिनपाने (मगर) निर्देशक – युकी आले
१६. के (लिम्बु) निर्देशक – सागर केरुङ
१७. धुर्सा (तामाङ) निर्देशक – कमल योञ्जन तामाङ
१८. के साङ्ला (लिम्बु) निर्देशक – लोकन साँवा लिम्बु
१९. निप्हुगाल (भुजेल) निर्देशक – कृष्ण कुमार गुरुङ
२०. सिरुवा पावैन (थारु) निर्देशक – पशुराम चौधरीका चलचित्रहरु बिशेष प्रदर्शन गरिने अायोजकले बताएका छन्।
महोत्सवमा आदिबासी जनजाति चलचित्रको बस्तुगत अबस्थाको बारेमा जानकारी डेक्स, बिभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने छन । यस महोत्सवमा दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस अवार्ड , उत्कृट आदिबासी जनजाति चलचित्र (जुरी अवार्ड) अभिनय तर्फ महिला÷पुरुष उत्कृट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेरामेन गरि जम्मा ६ बिधामा अवार्ड बितरण गरिने भएको छ ।
उक्त महोत्सवका अबसरमा नेपाल पर्यटन बोर्डको हलमा २०७६ जेष्ठ २५ गते शनिबार बिहान ८ः०० चलचित्रमा आदिबासी जनजाति महिलाको सवाल र २६ गते आईतबार बिहान ८ः०० बजे आदिबासी जनजाति चलचित्रको अबसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम पनि रहेको आयोजक जानकारी दिएका छन् ।
यस महोत्सवमा चलचित्र बिकास बोर्ड, काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय आदिबासी महिला मञ्च आदि संस्थाहरुको सहकार्य गर्ने भएका छन् ।
सह-अायोजकमा गुरुङ फिल्म एशोसियसन नेपाल, मगर चलचित्रकर्मी संघ, तामाङ चलचित्र संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ मुनचईत चोक संयम (लिम्बु), सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, थारु चलचित्र तथा साँस्कृतिक संघ, नेवा फिल्म सोसाईटी, माझी चलचित्रकर्मी संघ, राजबंशी चलचित्रकर्मी समाद समिति, भुजेल चलचित्रकर्मी संघ, मुगाली चलचत्रिकर्मी बिकास संघ, जिरेल चलचित्रकर्मी संघ गरी १३ अोटा जातीय चलचित्र संस्थाहरु रहेका छन् ।






















