काठमाडौं । नवलपरासी जिल्ला स्थित देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोकमा बिहीबार दिउँसो बस र ट्रक एकआपसमा ठोकेर दुर्घट्ना भएको छ ।
दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने २१ जनाभन्दा बढी घाईते भएका छन् ।
ना ४ ख ५२९५ नम्बरको बस र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताएका छन् ।
मृतकहरुको भने अझै सनाखत भएको छैन । प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















