चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने आफ्नो कार्यकर्तालाई कार्वाही गरेको छ । पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बार भत्काउने कार्यकर्तालाई निलम्बन गरेको हो ।
निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई दुईमहिनाको लागि निलम्बन गरिएको जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ ।
विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरी क्षतिपूर्ती भराउन समे माग गरेको छ । नेकपा चितवनले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको छ ।






















