धुलिखेलमा एकाविहानै झुण्डेर आत्महत्या
फाईल फोटो

धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ६ मा एकजना पुरुषले रुखमा झुण्डेर आत्महत्या गरेका छन् ।

सिन्धुपाल्चोक जिल्ला लिसन्खुपाखर गाउँपालिका वडा नं. ६ का बर्ष ६४ को धनबहादुर उदासले आत्महत्या गरेका हुन् । हाल उनी धुलिखेल नगरपालिका वडा नम्बर ६ जरनडाँडामा विगत ३÷४ वर्षदेखि बस्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार उदास राती २ बजेसम्म घरमै रहेको र त्यसपछि घरबाट निस्केर गएका थिए । उनले आत्महत्या गरेको विहान ४ बजे पत्ता लागेको परिवारले जानकारी दियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले घट्नाको अनुसन्धान भइरहेको र मृतकको पोष्टमार्टमको लागि शिरममोरियल अस्पताल बनेपामा लगेको बताएकोछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।