धुलिखेलमा सुविधा सम्पन्न अर्को नयाँ ‘होटल सारथी’ शुभारम्भ

धुलिखेल । होटलहरुको केन्द्र काभ्रेको धुलिखेलमा अर्को नयाँ होटलको शनिबारदेखि शुभारम्भ भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गरि स्थापना गरिएको अत्याधुनिक सुविधा सम्पन्न ‘होटल सारथी’को औपचारिक शुभारम्भ भएको हो ।

करोडौको लगानीमा निर्माण गरिएको उक्त होटल काभ्रेमा विभिन्न पेशा व्यवसायमा आबद्ध रहेका युवाहरुले स्थापना गरेका हुन् । होटल सारथी पर्यटकीय क्षेत्र धुलिखेलको भट्टेडाँडामा रहेको छ ।

दुईवर्षमा थ्री स्टारको स्तरमा पु¥याउने लक्ष्यमा रहेको होटल सञ्चालक दिलिप शर्माले तेमाल अनलाईनलाई बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।