काठमाडौं । प्रनिनिधि सभाको आजको बैठकमा एक सांसदले आफ्नो ज्यानको सुरक्षा गर्न सभामुख कृष्णबहादुर महरा समक्ष माग गरेको छन् । ज्यान जोगाउन माग गर्ने सांसद हुन् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद खगराज अधिकारी ।
संसदमा रहेका कुर्सीका कारण आफु पटक पटक लडेको भन्दै कुर्सीलाई परिवर्तन गर्न माग गर्दे कुर्सीका कारण हुने दुर्घटनाबाट ज्यान जोगाइदिन समामुखसंग आग्रह गरे । ’सभामुख महोदय, यहाँ राखिएको कुर्सीबाट म चार पटक लड्न खोजे ।’ प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै उनले भने, ‘लडेको भए म घाइते हुन्थ्ये, त्यस कारण यहाँ रहेका कुर्सीहरु परिवर्तन गरि मेरो ज्यान जोगाइदिनुपर्यो ।’
सांसद अधिकारीले उठाएका बिषयलाई सभामुख महराले गम्भिरतापूर्वक लिएको बताएका थिए ।
लौ हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















