काठमाडौं । नेकपा (बिप्लव समूह)का कार्यकर्ताहरुले आइतबार राती सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. ३ छेस्कामा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयत्न असफल भएको छ ।
राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कब्जा गर्न पुगेका थिए । तर प्रहरी भने उनीहरु पुग्न अघि नै हतियार सहित त्यस चौकीबाट हिंडेकाले चौकी भने कब्जा गर्न पाएनन् ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले प्रहरी चौकी कब्जाको कुनै प्रयास नभएको दावी गरेका छन् । तर, स्थानीयले विप्लवका कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि प्रहरीले भने चौकी छोडेर गएको बताएका छन् । चौकीमा ७ कार्यरत जना प्रहरी कार्यरत थिए ।
यद्यपी यही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले सोमबार सुरक्षा समितिको बैठक बोलाएको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















