नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौं । आईतबार राती सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. ३ छेस्कामा रहेको प्रहरी चौकी आक्रमण गर्न लागेको प्रचारको बारेमा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) ले प्रतिक्रिया दिएको छ ।

आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता प्रकण्डले आफ्नो पार्टीको सुरक्षा निकाय माथि आक्रमण गर्ने कुनै नीति नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले यो हल्लालाई नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ । ‘सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा हाम्रो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले भनेका छन्, ‘पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको हो ।’

विज्ञप्तिको पूर्णपाठः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।